एपोलो ११ मा नील आर्मस्ट्रङसँग चन्द्रमामा गएका अन्तरिक्ष यात्री बज एल्ड्रिनले ९३ वर्षको उमेरमा चौथो विवाह गरे

एपोलो ११ मा नील आर्मस्ट्रङसँग चन्द्रमामा गएका अन्तरिक्ष यात्री बज एल्ड्रिनले ९३ वर्षको उमेरमा चौथो विवाह गरे


चन्द्रमामा पहिलो पाइला कसले राख्यो ?  तपाईँले जवाफमा भन्नुहुनेछ – नील आर्मस्ट्रङ । दोस्रो कदम कसले राखेका थिए त भनेर तपाईँलाई सोधियो भने सायद थोरै मानिसले मात्रै जवाफ दिँदा बज एल्ड्रिनको नाम लिनेछन् ।अहिले यो कुरा किन गरेको ?

किनभने सन् १९६९ मा एपोलो ११ मा नील आर्मस्ट्रङसँग चन्द्रमामा गएका अन्तरिक्ष यात्री बज एल्ड्रिनले चौथो विवाह गरेका छन् । बज एल्ड्रिनले ९३ वर्षको उमेरमा विवाह गरेका छ । उनले लस एन्जलसमा विवाह गरेका हुन् । यस अवसरमा बज एल्ड्रिनले आफू र आफ्नी नयाँ दुलही एन्का फर युवाहरू जस्तै उत्सुक रहेको बताएका छन् ।

डा. एन्का ६३ वर्षकी हुन् र केमिकल इन्जिनियरिङमा पिएचडी गरेकी छिन् । हाल उनी एल्ड्रिनको कम्पनीमा कार्यकारी उपाध्यक्ष छन् ।पाइला टेकेका चार व्यक्तिमध्ये एक हुन् । बज एल्ड्रिनले ट्वीट गरे, ‘मेरो ९३ औँ जन्मदिनमा, मेरो लामो समयदेखिकी प्रेमिका डा. आन्का फोर र म विवाहित भएको घोषणा गर्न पाउँदा अत्यधिक खुसी छु ।’

सन् १९६९ मा बज एल्ड्रिन नीलसँग चन्द्रमामा हिँड्दा ६० करोड मानिसले टिभीमा ऐतिहासिक क्षण हेरेका थिए । त्यो समयको यो ठुलो रेकर्ड थियो । बज एल्ड्रिन रातारात संसारका सबैभन्दा प्रसिद्ध व्यक्तिहरू मध्ये एक भए । चन्द्रमामा अवतरण गरेपछि बज एल्ड्रिनले भनेका थिए – गौरवशाली । केही वर्ष पहिले बज एल्ड्रिन रक्सी र डिप्रेसनको सिकार भएको खबर आएको थियो । अहिलेसम्म १२ जना मात्रै चन्द्रमामा जान सकेका छन् ।

Logo