टर्कीए र सिरियामा गत सोमबार भएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ।
हजारौँ घाइते भएका छन्। टर्कीएमा मात्रै २४ हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५ जनाको मृत्यु भएको छ। दशौँ हजार घाइते भएका छन् भने धेरै मानिसहरु अझै पनि भग्नावशेषमा पुरिएको आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको छ। चिसो र वर्षाका बाबजुत पनि उद्धारकर्मीले खोजी अभियानलाई निरन्तरता दिइरहेका छन्।
उद्धारकर्मीले भग्नावशेषबाट केहीलाई जीवितै उद्धार गरेका छन्। मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ। टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन्।





























प्रतिक्रिया