अमेरिकाको एक विश्वविद्यालयमा गोलीचल्दा तीन जनाको मृत्यु

अमेरिकाको एक विश्वविद्यालयमा गोलीचल्दा तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार सोमबार बिहान विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएका अनुमान गरिएको छ । अभियुक्तको खोजी भइरहेको छ । विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेकोा थियो । गोलीकाण्डबारे जानकारी प्राप्त हुनेवित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन सवारी साधन विश्वविद्यालय पुगेका थिए । 

Logo