दिल्लीको मेयरमा ओबराय निर्वाचित, केजरीवालले भने- ‘गुण्डागर्दी पराजय भयो’

दिल्लीको मेयरमा ओबराय निर्वाचित, केजरीवालले भने- ‘गुण्डागर्दी पराजय भयो’

केन्द्रबिन्दु
0
Shares

आम आदमी पार्टीकी उम्मेदवार डा. शेली ओबेराय दिल्लीको नयाँ मेयरमा निर्वाचित भएकी छन् ।  यस चुनावमा शेली ओबरायले १५० मत प्राप्त गरिन् भने भारतिय जनता पार्टीका उम्मेदवार रेखा गुप्ताले ११६ मतमा सिमित भइन् ।  

मेयर बनेपछि डा. ओबेरायले यो सदनलाई संवैधानिक ढंगले चलाउने विश्वास दिलाउने बताइन् । ‘सदनको गरिमा कायम राख्दै सदनलाई सुचारु रूपमा सञ्चालन गर्न सबैले सहयोग गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’ उनले भनिन् ।  

रायको जीतसँगै दिल्ली नगर निगमबाट १५ वर्षपछि भारतीय जनता पार्टी बाहिरिएको छ।  

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि ओबेरायलाई चुनाव जितेकोमा बधाई दिएका छन् । अरविन्द केजरीवालले ट्विट गर्दै भने- ‘आज दिल्लीको नगर निगममा दिल्लीका जनताको जित भयो, गुंडागर्दी पराजित भयो ।’ साथै उनले दिल्लीका जनतालाई बधाई समेत दिएका छन् ।

Skip This
Skip This
Logo