मेसीको परिवारद्वारा संचालित सुपरमार्केटमा जथाभावी गोली प्रहार

मेसीको परिवारद्वारा संचालित सुपरमार्केटमा जथाभावी गोली प्रहार

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको परिवारले सञ्चालन गर्दै आएको एक सुपरमार्केटमा अज्ञात व्यक्तिले जथाभावी गोली प्रहार गरेका छन्।

बिहिबार मोटरसाइकलमा आएका दुई आक्रमणकारीले मेसीलाई एउटा धम्कीपूर्ण पत्रसमेत छोडेका छन्। ‘मेसी, हामी तिम्रो लागि पर्खिरहेका छौं, यहाँका मेयर जाभकिन पनि लागूऔषध तस्कर हो, त्यसैले उसले तिम्रो सुरक्षा र हेरचाह गर्नसक्दैन,’ आक्रमणकारीले लेखिएको पत्रमा भनिएको छ। आक्रमण भएको भवनको अगाडि १४ वटा गोली लागेको छ। घटनापछि सुपरमार्केट बन्द छ।

प्रहरीका अनुसार राजधानी ब्यूनस आयर्सबाट करिब १९० माईल (३०० किलोमिटर) उत्तरपश्चिममा रहेको रोजारियोस्थित मेसीको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा आक्रमण भएको हो। बन्धुकधारीको आक्रमणमा कुनै पनि मानवीय क्षती नभएको र कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले युनिको सुपरमार्केटमा बिहानै आएर कम्तिमा एक दर्जन गोली प्रहार गर्दै कार्बोर्डमा मेसीलाई सन्देश छोडेका छन्।

आक्रमणपछि मेयर जाभकिनले संगठित अपराध न्यूनिकरणका लागि सुरक्षा निकायहरू असफल भएको भन्दै आक्रोश पोखेका छन्।उनले पछिल्ला वर्षहरूमा महत्त्वपूर्ण बन्दरगाह सहरमा यस्तो अपराधिक घटना बढिरहेकोमा सचेत हुन आग्रहसमेत गरेका छन्। मेसीले भने घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

Logo