आइसीसी बिश्वकप लिग–२ः युएईसँग नेपालको आज अन्तिम खेल

आइसीसी बिश्वकप लिग–२ः युएईसँग नेपालको आज अन्तिम खेल

केन्द्रबिन्दु
0
Shares

जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपाले युएईको सामना गर्दैछ।

दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। नेपाल र युएईले एक-अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औँ खेल हुनेछ। आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौ स्थानमा उक्लिने छ। 

तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सिमित हुनु परेको थियो । अंक तालिका अनुसार युएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन्। आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिनेछ।

Logo