उत्तरी जर्मनीको ह्याम्बर्गमा गोली चल्यो, ६ जनाको मृत्यु

उत्तरी जर्मनीको ह्याम्बर्गमा गोली चल्यो, ६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उत्तरी जर्मनीको ह्याम्बर्गस्थित एक चर्चमा भएको बन्दुक आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ।

‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ। घटना कुन उद्देश्यले घटाइएको हो भन्नेबारे अझै यकिन हुन नसकेको प्रहरीले बताएको छ।

प्रहरी प्रवक्ता होल्गर भेरेनले गोली चलाउने व्यक्ति पनि त्यहीँ भवनमा रहेको र मृतकमध्ये एक हुनसक्ने बताए। घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिए पनि घाइतेको सङ्ख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएको छैन।

Skip This
Skip This
Logo