दक्षिण अफ्रिकामा दादुरा संक्रमितकाे संख्या ७६६ पुग्यो

दक्षिण अफ्रिकामा दादुरा संक्रमितकाे संख्या ७६६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकाको राष्ट्रिय संक्रमक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरु बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ।

पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरुमा दादुराको प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको एनआईसीडीले विज्ञप्तिमार्फत जनाएको छ।

संक्रमितहरु मध्ये ४२ प्रतिशतभन्दा बढी बालबालिकाहरू रहेका छन्। सरकारले सबै जनतालाई आफ्ना बालबालिकाहरुलाई दादुरा विरुद्धको खोप लगाउन अनुरोध गरेको छ।

दादुरा संक्रमणका प्रमुख लक्षणहरूमा उच्च ज्वरो, खोकी,आँखा रातो हुने र नाकबाट सिगान बग्ने लगायतका रहेका छन्।

Skip This
Skip This
Logo