नयाँदिल्ली,
भारतको तमिलनाडुमा पर्खाल भत्किँदा चार परिवारका १७ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सोमबार पर्खाल भत्किएर घरमाथि पर्दा यस्तो घटना भएको हो ।
मृत्यु हुनेमा बालबालिका पनि छन् । सोमबार बिहान स्थानीय समय अनुसार ५ बजेर ३० मिनेट जाँदा यस्तो घटना भएको हो । यसअघि पनि पर्खाल भत्किएर विभिन्न स्थानमा मृत्यु हुने गरेको थियो ।
एजेन्सी
प्रकाशित: १७ मंसिर २०७६ ०८:२८ मंगलबार