चर्को स्वरमा गीत बजाएको भन्दै आपत्ति जनाउने गर्भवती महिलाको गोली हानी हत्या

चर्को स्वरमा गीत बजाएको भन्दै आपत्ति जनाउने गर्भवती महिलाको गोली हानी हत्या

केन्द्रबिन्दु
0
Shares

दिल्लीको सिरासपुरमा छिमेकीले चलाएको गोली लागेकी ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ ।

गोली लागे पछि अस्पताल पु-याइएकाे भएपनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त महिलाको महिलाको गर्भपातसमेत भएको थियो ।

यसरी मृत्यु भएकी  रञ्जुलाई अप्रिल ३मा उनका  छिमेकी हरिशले गोली हानेको थिए । हरिशको घरमा आयोजित कार्यक्रममा चर्को स्वरमा संगीत बजाए पछि सानो स्वरमा बजाउन आग्रह गर्न गएकी महिलाको आरोपीले गोली प्रहार गरेका थिए ।

डेपुटी कमिश्नर अफ पुलिस (आउटर दिल्ली) रवि कुमार सिंहले भने, ‘त्यस पछि उनी माथी गोली हानियो, गोली लागे पछि तीन महिलाको गम्भिर अवस्थामा रहेको पाईएपछि उनलाई महानगरीय अस्पताल लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।’

प्रहरीले मृतक मञ्जुका छिमेकी हरिशबिरुद्ध मुद्धा दर्ता गराएको छ । प्रहरीका अनुसार एफआईआरमा उनलाई भारतीय दण्ड संहिताको धारा–३०२ (हत्या)को आरोप लगाईएको छ । घटनामा संलग्न हरीशसहित उनका साथी अमितलाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो घटनामा अमितको बन्दुक प्रयोग भएको थियो ।

Skip This
Skip This
Logo