भारतमा अर्को दुर्घटना हुँदा १३ जनाको मृत्यु, १८ भन्दा बढी घाइते

भारतमा अर्को दुर्घटना हुँदा १३ जनाको मृत्यु, १८ भन्दा बढी घाइते

केन्द्रबिन्दु
0
Shares

भारत पश्चिम बंगालअन्तर्गत जलपाइगुडी जिल्लामा भएको सडक दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १८ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

जलपाइगुडी जिल्लाको धुपगुरी सहरमा एक टिपरले धेरैवटा गाडीलाई ठक्कर दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बाक्लो हुस्सुका कारण चालकले अगाडिको बाटो स्पष्ट नदेख्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार राति मात्र गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको थियो ।

Logo