ब्राजिलका राष्ट्रपति लुला युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानको वकालत गर्दै

ब्राजिलका राष्ट्रपति लुला युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानको वकालत गर्दै

केन्द्रबिन्दु
0
Shares

पोर्चुगलको आफ्नो भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युक्रेनमा जारी द्वन्द्वको लागि शान्ति स्थापना गर्न "तेस्रो बाटो रोज्नु" आवश्यक रहेको बताएका छन् । 

"म कसैलाई खुसी पार्न चाहन्न। म दुई (रूस र युक्रेन) लाई वार्ता निम्ति टेबलमा ल्याउने बाटो बनाउन चाहन्छु," लुलाले भने । 

राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पोर्चुगल–ब्राजिल शिखर वार्ताको मुद्दा लिएर पहिलो पटक युरोप भ्रमणमा निस्किएका राष्ट्रपति लुलाले शुक्रबार लिस्बन पुगेर सो टिप्पणी गरेका हुन् । यी दुई देशले शिक्षा, न्याय, स्वास्थ्य जस्ता क्षेत्रहरूलाई समेट्दै विभिन्न १३ विषयमा द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संयुक्त घोषणामा, लुला र उनका पोर्तुगाली समकक्ष मार्सेलो रेबेलो डे सुसाले अन्तरराष्ट्रिय कानून, संयुक्त राष्ट्रसंघ बडापत्र र द्वन्द्वको शान्तिपूर्ण समाधानप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन् । 

उक्त घोषणामा पोर्चुगल र ब्राजिलले टर्किए र संयुक्त राष्ट्रसंघद्वारा मध्यस्थता गरिएको ब्ल्याक सी ग्रेन इनिसिएटिभलाई समर्थन गर्ने र जुलाई २०२२ मा रूस र युक्रेनले अनाज र मल निर्यातको लागि समुद्री मानवीय कोरिडोर स्थापना गर्न हस्ताक्षर गरेको  विषय समेटिएका छन् । -सिन्ह्वा

Skip This
Skip This
Logo