अघिल्ला दुई दिनको तुलनामा आज भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियोभने आज नौ हजार तीन सय ५५ जना सङ्क्रमणको शिकार भएका प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको छ । यो सङ्क्रामक रोगबाट आज २६ जनाले ज्यान गुमाएका छन् ।
मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए ।
हाल भारतमा ५७ हजार चार सय १० जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख ३५ हजार नौ सय ७७ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ । -पिटिआई































प्रतिक्रिया