भारतले आजदेखि नेपाललाई कोरोनाको खोप अनुदानमा उपलब्ध गराउने

भारतले आजदेखि नेपाललाई कोरोनाको खोप अनुदानमा उपलब्ध गराउने

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली ।

भारत सरकारले नेपाललाई बुधबार (आज) बाट कोभिड विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स, सेसल्स र म्यानमारलाई खोप उपलब्ध गराउने भारतीय विदेश मन्त्रालयले जनाएको हो ।

कति मात्रामा खोप उपलब्ध गराउने बारे जानकारी भने आएको छैन । भारतीय मिडियाहरुका अनुसार भारतका अन्य केही छिमेकी देशहरुलाई पनि सम्बन्धित देशले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने बताइएको छ ।

भारतले अनुदानको रुपमा उक्त खोप उपलब्ध गराउन लागेको हो । भारतले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिसकेको छ । अग्रमोर्चामा खटिने कामदार सहित जोखिममा रहेका नागरिकहरुलाई यही सातादेखि खोप लगाउन सुरु गरेको हो ।

नेपालले भने यसअघि नै ६० लाख मानिसका लागि कोभिशिल्ड खोप भारतबाट खरिद गर्ने इच्छा देखाएको थियो । भारतमा खोप लगाउन सुरु भए पनि दोस्रो स्वरुपको कोरोनाको संक्रमण सुरु भएसँगै थप चुनौती पनि थपिएको बताइन्छ ।अन्नपूर्णबाट

Logo