इन्स्टाग्रामको टिप्पणीले महाराष्ट्रमा भडकियो हिंसा, नियन्त्रण लिन धारा १४४ लागु

इन्स्टाग्रामको टिप्पणीले महाराष्ट्रमा भडकियो हिंसा, नियन्त्रण लिन धारा १४४ लागु

केन्द्रबिन्दु
0
Shares

महाराष्ट्र अकोलाको पुरानो शहरमा दुई समुदायबीच झडप भएको छ ।

सो झडपमा परेर एकजनाको मृत्यु भएको छ भने एक प्रहरीसहित तीन जना घाइते भएका छन् । सो झडप पछि प्रहरीको संख्या बढाइएको छ भने स्थीतिलाई नियन्त्रणमा लिनका लागि कलेक्टरले त्यहाँ धारा १४४ लगाएका छन् ।

साथै, सो झडपछि सो क्षेत्रमा धैरै नै तोडफोड हुन पुगेको छ भने दर्जनौँ गाडीहरु तोडफोडमा परेका छन ।  जानकारी अनुसार महाराष्ट्रकाे अकोला शहरमा शनिवार एउटा पोष्ट इन्स्टाग्राममा बिबादित सामाग्री प्रकाशित भएको थियो। सो सामाग्री प्रकाशित भए पछि असन्तुष्ट एक समुदायले प्रहरी थानामा पुगेर आफनो  असहमति दर्ज गराएको थियो ।

यसै क्रममा प्रहरी थानामा पुगेको उक्त भिड अचानक भडकिन पुगेको थियो । उक्त भीड भडके पछि दुई समुदायको बिचमा झडप सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

Logo