इम्वोस्ड नम्बर प्लेट आजबाट वितरणदेखि शेयर बजार सकारात्मकसम्म (भिडियोसहित)

इम्वोस्ड नम्बर प्लेट आजबाट वितरणदेखि शेयर बजार सकारात्मकसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये चार वर्षदेखि रोकिएको इम्वोस्ड नम्बर प्लेट वितरण आजदेखि पुनः सुरु भएको छ । इम्वोस्ड प्लेट विरुद्धमा चार वर्ष अगाडि परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि यातायात व्यवस्था विभागले साउन १ गतेदेखि पुनः यसको वितरण सुरु गरेको हो । तर अहिले तत्कालका लागि भने वाग्मती प्रदेशमा दर्ता रहेका सवारीहरूले मात्रै इम्वोस्ड नम्बर प्लेट जडानको सुविधा पाउने छन ।

त्यस्तै अयोध्याबारे विस्तृत अध्ययन गर्न सरोकारवालाहरुले माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि भारतको अयोध्यामा नभइ नेपालकै ठोरी गाउँमा रहेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि सरोकारवालाहरुले विस्तृत अध्ययन गर्न माग गरेका हुन् ।

कोरोना भाइरसको महामारीबाट धेरै प्रधावित देशहरूमध्ये बेलायत पनि एक हो । तर अहिले बेलायत कोरोना भाइरसको महामारीबाट बाहिरँदै गरेको छ । त्यहाँ हालसम्म २ लाख ९४ हजार संक्रमित छन् भने ४५ हजार मानिसको मृत्यु भएको छ । जसमध्ये ६७ जना नेपाली पनि रहेका छन् ।

त्यस्तैगरी प्रचण्ड कुन कित्तामा अडिक हुने भन्ने पक्का नहुँदासम्म नेकपाभित्रको विवाद कायमै रहने भएको छ । प्रचण्डले कहिले माधव नेपाललाई साथ दिने कहिले केपी शर्मा ओलीलाई साथ दिने प्रवृतिले नेकपाभित्रको विवाद कायमै रहने भएको हो ।

शेयर बजारमा परिसुचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित भएको छ । बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसुचक नेप्से ६ दशमलव शुन्य चार प्रतिशत अर्थात ८४ दशमलव २६ अंकले बढ्दा तेस्रो पटक सर्किट लागेर कारोबार स्थगित भएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Skip This
Skip This
Logo