जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाको विवाह अर्को महिना हुँदैछ । गत मार्चमा जोर्डनकी राजकुमारीको विवाह सम्पन्न भएको एक महिनापछि शाही परिवारमा अर्काे विवाह हुन लागेको हो ।
जोर्डनको शाही परिवारकी हुनेवाला बुहारी रज्वा खालिद साउदी अरबकी हुन् । उनको जन्म २८ अप्रिल १९९४ मा रियादमा भएको थियो। उनले न्यूयोर्कको सिराक्यूज विश्वविद्यालयबाट वास्तुकलाको अध्ययन गरेकी छिन् ।
सो विवाहका लागि इन्गेजमेन्ट समारोह गत अगस्त २०२२ मा मा भएको थियो । आफ्नो घरमा भएकाे साे इन्गेजमेन्टका तस्बिरहरू जोर्डनकी महारानी रानिया अल अब्दुल्लाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।































प्रतिक्रिया