अहिले अनलाइन होस् वा अफलाइन, मानिसहरूले लुडो खेल खेल्न निकै मन पराउँछन्। पहिले यो खेल सँगै बसेर खेलिन्थ्यो तर अनलाईन भर्सन सार्वजनिक भएदेखि भने यो खेलले इन्टरनेटमा तरङ्ग नै ल्याएको छ । आज हामी तपाईंलाई यो लोकप्रिय खेलसँग सम्बन्धित केही रमाइलो तथ्यहरू बताउँनेछौं, जुन तपाईंलाई सायद थाहा नहुन सक्छ।
लुडोको सुरुवाट भारतमा भएको बताइन्छ । पुराण र धार्मिक ग्रन्थहरूमा पनि यसको उल्लेख छ। यद्यपि धेरै पश्चिमी देशहरूले दावी गरे गरे अनुसार यो खेल उनीहरले ल्याएको हो । तर इतिहासकारहरुका अनुसार मौलिक लुडो सधैं भारतमै खेलिन्थ्याे।
महाभारत कालमा चौपदको खेलको नाम सुन्नु भएको होला, जसमा हारेर पाण्डवहरू दास बनेका थिए । यो खेल पनि लुडो नै थियो । जुन पासाको मद्दतले खेलिन्थ्यो। त्यसपछि यसलाई पचीसी वा चौपद भनियो। त्यति मात्र होइन, भगवान श्री कृष्ण, माता पार्वती र महादेवले पनि यो खेल खेलेको दाबी विभिन्न बेद पुराणमा गरिएको छ ।
लुडोलाई प्राचीनकालमा पच्छिसी, चौपद, चौसार, पगडे, दयाकटम, सोक्तम र भर्जेस जस्ता नामले चिनिन्थ्यो। यसमा ४ खेलाडी भए पनि १९औँ शताब्दीमा मैसूरका राजा कृष्णराज वोडियारले ६ खेलाडी बनाएको बताइन्छ ।
अझै इतिहासको गहिराइमा जाने हो भने १६औं शताब्दीमा राजा अकबरको दरबारमा पासाको सट्टा मानिसको प्रयोग गरेर पचीसी खेलिन्थ्यो । आधुनिक लुडोको संरचना सन् १८९६ मा अल्फ्रेड कोलियार नामका एक बेलायती व्यक्तिले पेटेन्ट दर्ता गरेका थिए। उनले भारतका सबै पुरातन बोर्ड गेमहरू बुझेर यो डिजाइन बनाएका हुन्। यसमा पासा र कप मात्र थपिएको हो ।
लुडोको पासामा आमनेसामने हुने सबै संख्याहरूको योगफल सधैं ७ हुन्छ भन्ने कुरा तपाईंलाई सायदै थाहा होला। जस्तै १ को पछि ६ मिलेर ७ बन्छ। ३ पछि ४ ले ७ बनाउँछ र २ पछि ५ ले पनि ७ बनाउँछ।
प्रतिक्रिया