कांग्रेस संसदीय समितिको गठनको मागबाट पछि नहट्ने

कांग्रेस संसदीय समितिको गठनको मागबाट पछि नहट्ने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ।

कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले बताए।

साथै, कांग्रेसले सहकारीको रकम ठगि गरेका मानिसलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी दिएको छ।

लेखकका अनुसार कांग्रेसले विहिबार संसदमा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ। सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद अगाडी बढाउन नसक्ने परम्परा विपरित गएको लेखकले बताए। कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक संचालन गर्न आग्रह समेत गरेको छ।

नेता लेखकले विहिबार प्रतिपक्ष सदनमा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरित भएको बताए।

Logo