काठमाडौं ।
बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका छन् । पाँच दिन अघि कोरोना संक्रमण पुष्टि भएका उनीहरु गए राति अस्पताल भर्ना भएका भारतिय संचारमाध्ययमहरुले जनाएका छन् ।
उनीहरु मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना भएका हुन् । गत शनिबार बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको थियो ।
त्यस लगत्तै परिवारका अन्य सदस्यको परिक्षण गरिएकोमा ऐश्वर्या र आराध्यालाई पनि संक्रमण पुष्टि भएको थियो । अस्पतालले जनाए अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।































प्रतिक्रिया