काठमाडौं ।
कोरोना भाइरसको सम्बन्धमा अर्को एउटा तथ्य पत्ता लागेको छ । जर्मनीको म्युनिक अस्पतालमा गरिएको एउटा अनुसन्धानले कोभिड १९ का बिरामीहरुको शरीरमा एन्टिबडीहरुको संख्या घट्दै गइरहेको पत्ता लगाएको छ । यस अघि चीनमा गरिएको एक अध्ययनबाट पनि यस्तै खालको निष्कर्ष प्राप्त गरिएको थियो । यी प्रारम्भिक परिणामहरुले बिरामी दोस्रो पटक संक्रमित हुन सक्ने संकेत गर्दछ ।
जर्मनका चिकित्सकहरुले भनेका छन् ‘कोभिड १९ बाट निको भएपछि शरीरमा एन्टिबडीहरु घट्ने क्रममा बिरामीहरु दोस्रो पटक संक्रमित हुन सक्छन् ।’ भाइरस संक्रमण भएका व्यक्तिहरुमा पुनः रोग प्रतिरोधात्मक प्रणालीमा एन्टिबडीहरु उत्पादन हुन्छन् । जुन रोगसँग लड्न सक्छ । यदि भाइरस दोस्रो पटक शरीरमा प्रवेश ग¥यो भने यी एन्टिबडीहरुले भाइरस पहिचान गर्न सक्छन् ।
मुख्य चिकित्सक क्लीमेक्स भेन्डरले गत जनवरीको अन्त्यतिर बिरामीहरुमा पुनः प्राप्ति रोग प्रतिरोधात्मक क्षमताको जाँच गरेको थियो । यी परीक्षणहरुले एन्टिबडीहरुको संख्यामा उल्लेखनीय ह्रास देखायो । ‘दुईदेखि तीन महिनाको अवधिमा ९ जनाको परीक्षण गरिएका बिरामीहरु मध्ये ४ जनामा भाइरस संक्रमणलाई रोक्ने तटस्थ एन्टिबडीहरुको स्तरमा कमी आएको थियो ।’ क्लीमेक्सले भने ।
दीर्घकालीन प्रतिरोधक क्षमता के हो ?
हाम्रो शरीरले भाइरससँग लड्न एन्टिबडीहरु उत्पादन गरेर प्रतिरक्षा उत्पन्न गर्दछ । एन्टिबडीहरु बी कोषद्वारा उत्पादित प्रोटिनहरु हुन् । यदि भाइरस दोस्रो पटक शरीरमा पुग्यो भने पर्याप्त मात्रामा एन्टिबडीहरुले भाइरसलाई कोषमा प्रवेश गर्नबाट रोक्छ र यसले संक्रमण रोक्न मद्दत गर्दछ ।
एन्टिबडीहरु धेरै प्रकारका हुन्छन्
आईजीएम : यो हाम्रो शरीरमा पहिलो बन्ने एन्टिबडी हो र यसले संक्रमणलाई सुझाव दिने काम गर्छ । आईजीएम एन्टिबडीहरु संक्रमण समाप्त हुने बित्तिकै सड्न थाल्छ र ती पछि फेला पार्न सकिँदैन ।
आईजीजीः आईजीजी एन्टिबडीहरु आईजीएम एन्टिबडीहरुको विघटनपछि गठन हुन्छ । जुन महिनौंसम्म रगतमा रहन्छ । आईजीजीको उपस्थितिले अघिल्लो संक्रमण र प्रतिरोधात्मक शक्ति बढाउँछ ।
बी कोषहरु परिपक्व हुन्छन् र बोन म्यारोमा अवस्थित प्लाज्मा बक्षहरु गठन गर्दछन् । यसले संक्रमणको बिरुद्ध एन्टिबडीहरु उत्पादन गर्छन् । यो प्लाज्मा वर्षौंसम्म रहेर हामीलाई प्रतिरक्षा गर्न मद्दत गर्छ ।
कोभिड १९ बिरामीहरुमा एन्टिबडी परीक्षण
कोभिड– १९ संक्रमण पत्ता लगाउन धेरै तरिकाहरु छन् । एउटा परीक्षण हो पीसीआर विधि जसले अनुबंशिक सामाग्री लिन्छ र यसले भाइरस छ कि छैन भनेर संकेत गर्छ ।
अन्य परीक्षणको उद्देश्य एन्टिबडी बनाउनु हो । एन्टी आईजीएम पोजिटिभ परिक्षणले हालको संक्रमणलाई संकेत गर्दछ भने आईजीजी पोजिटिभ परीक्षणले सुधार र प्रतिरक्षालाई संकेत गर्दछ । मास एन्टिबडी परीक्षण महत्वपूर्ण हुन्छ यसले समुदायको प्रतिरक्षा र स्थितिको बारेमा जानकारी दिन्छ ।
एन्टिबडी परीक्षणले कोभिड १९ को हल्का लक्षण वा उपचार नगरिएको अवस्थामा पत्ता लगाउन सक्छन् । सार्स कोभि–२ एन्टिबडीहरु सधैं रगतमा हुदैनन् । यस्तो अवस्थामा संक्रमित बिरामीहरु पुनः संक्रमित हुने खतरा हुन्छ ।
कुनै पनि लक्षण नभएका बिरामीहरुमा एन्टिबडीहरु चाँडै घट्छ
एन्टिबडी धेरै भाइरल संक्रमणसँग सम्बन्धित छ । वैज्ञानिक पत्रिका नेचर मेडिसिनका अनुसार, कुनै लक्षण नभएका बिरामीहरुमा प्रतिरोधात्मक क्षमता एकदम कमजोर हुन्छन् र असिम्प्टोमेटिक केसका गम्भिर बिरामीहरु भन्दा बढी चाँडो एन्टिबडी गुमाउँछन् ।
डब्लुएचओ अर्थात् विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसार सुरुवातका चरणमा कोरोनाका लक्षण नदेखिएका विरामीका कारण यो महामारीलाई नियन्त्रण गर्न अप्ठ्यारो पर्ने देखाएको थियो । डब्लुएचओका अनुसार जुन विरामीहरुमा सुरुवाती चरणमा संक्रमणको कुनै लक्षण देखिदैन, यस्ता बिरामीहरुलाई ‘असिम्प्टोमेटिक’ अर्थात् विना लक्षणका बिरामी भनिन्छ ।
एक अध्ययनले १७५ लक्षण भएका र उपचार नगरिएका सार्स कोभी–२ बिरामीहरुलाई केन्द्रित ग¥यो । दुबै समूहका ९० प्रतिशत भन्दा बढी व्यक्तिहरुमा एन्टिबडीहरुको कमी देखियो । अन्वेषकहरुले यसको प्रभाव पत्ता लगाउन बिरामीहरुको शरीरबाट एन्टिबडी निकालेका थिए ।





























प्रतिक्रिया