विश्व प्रसिद्ध माइक्रोब्लगिङ्ग वेबसाइट ट्विटरमा केहि भेरिफाइड र हाई-प्रोफाइल व्यक्तिहरुका अकाउण्टबाट बिहीबार बिहानै बिटकोइनको ठेगाना सहितका एकाएक ट्विटहरु आए। यस सम्बन्धी समाचार यहाँ हेर्न सकिन्छ। ट्विटरका अनुसार, केहि ट्विटरका कर्मचारीलाई “सोसल-ह्याक” गरी ट्विटरको आन्तरिक टुलहरुमा ह्याकरहरुको पहुँच पुर्याएको र ट्विटहरु गरेको जनाएको छ।
यसरी ह्याक भएका अकाउण्टबाट अनधिकृत ट्विट गरिएको थियो र अहिले ति सबै ट्विट हटाइएको र ति अकाउण्टलाई सुरक्षीत गर्न तर्फ लागिएको ट्विटरले जनाएको छ। अहिले ट्विटरले केहि नियमित सुबिधाहरुलाई बन्द गरेर अनुसन्धान गरिरहेको जनाएको छ
के हो सोसल ह्याक
सोसल ह्याक भनेको सामाजिक तत्व(मानिस) हरुलाई आफ्नो बोली, व्यवहार, शब्दजाल या लोभ लालचमा पारी गोप्य सुचना लिने वा अनधिकृत कार्यमा प्रोत्साहन गर्ने मनोवैज्ञानिक तरिका हो। ह्याकरहरुले यस्तै तरिका अपनाएर ट्विटरका कर्मचारीले प्रयोग गर्ने ट्विटरको आन्तरिक सफ्टवेरमा पहुँच पुर्याएका थिए।































प्रतिक्रिया