रुसी प्रहारबाट ६ युक्रेनीको मृत्यु

रुसी प्रहारबाट ६ युक्रेनीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

युक्रेनको ओडेसा सहरमा रुसी मिसाइल आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ। रुसको सेनाले युक्रेनको दक्षिणी सहर ओडेसामा रातारात मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो। 

उक्त हमलामा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको  भएकाे स्थानीय प्रशासनले जनाएकाे छ।आक्रमणबाट धेरै घर,पसल र गोदाममा क्षति पुगेको छ। रुसी सेनाले सो क्षेत्रमा प्रहार गरेका नौ वटा क्रुज मिसाइल र ड्रोनलाई भने युक्रेनी सेनाले खसालि दिएको छ।

क्षेत्रीय प्रशासनले कालो सागरबाट भएको आक्रमणमा समुद्रबाट प्रहार गरिएका चारवटा कालिबर क्रुज मिसाइलहरू समावेश भएको बताएको छ।

Logo