अमेरिकाविरूद्द एकजुट भएर लड्ने इरान र क्युबाबिच सहमति

अमेरिकाविरूद्द एकजुट भएर लड्ने इरान र क्युबाबिच सहमति

केन्द्रबिन्दु
0
Shares

अमेरिकी साम्राज्यवादी नीतिविरूद्द एकजुट हुने इरान र क्युबाबिच सहमति भएको छ। इरानी राष्ट्रपति इब्राहिम रायसी र क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बिच अमेरिकाविरूद्द एक जुट भएर सामना गर्न सहमति भएको हो। 

अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटबार्तामा दुवै देशका राष्ट्रपतिका बिचमा सो सहमति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

सो भेटमा दुवै नेताले अमेरिकाको आलोचना गरेका छन्। क्युबाका राष्ट्रपति क्यानेलले दुवै देशले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवादको सामना गर्ने सहमति भएको जनाएका छन्। 

वानामा आफ्ना समकक्षी इब्राहिम राईसीलाई होस्ट गर्दै राष्ट्रपति क्यानेलले भने कि ‘दुई देशहरूले वीरतापूर्ण,दृढ प्रतिरोध,प्रतिबन्ध,दबाब,धम्की,नाकाबन्दी र अमेरिकी साम्राज्यवाद र उसका सहयोगीहरूको उदासीनताको सामना गर्नु परेको छ।’

अमेरिकाले दुवै देशहरू माथी धेरै प्रकारका प्रतिबन्ध मात्रै लगाएको छैन,उसले दुवै देशलाई आतंकवादलाई बढावा दिएको आरोप पनि लगाउँदै आएको छ। सो भेटमा दुई नेताबीच भन्सार,दूरसञ्चार र न्यायलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

इब्राहिम रायसीले एक व्यापारिक फोरममा भाग लिएका थिए, जहाँ उनले इरानले विज्ञान र प्रविधि, हाइड्रोइलेक्ट्रिक र थर्मोइलेक्ट्रिक प्लान्टहरू र खानीमा कम्युनिष्ट देश क्युबासँग काम गर्ने बताए। इरानी राष्ट्रपतिले साे अघि निकारागुआ र भेनेजुएलाको पनि भ्रमण गरेका थिए।

Skip This
Skip This
Logo