उत्तर कोरियाको सीमा नजिक अमेरिकन पनडुब्बी तैनाथ

उत्तर कोरियाको सीमा नजिक अमेरिकन पनडुब्बी तैनाथ

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले उत्तर कोरिया सीमा नजिकै पनडुब्बी उतारेको छ । उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरे पछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो । 

अन्तर्राष्ट्रिय  समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबारदेखि दक्षिण कोरियामा करिब १५० टोमाहक मिसाइल बोक्न सक्ने आणविक शक्तियुक्त पनडुब्बी तैनाथ गरेको छ । 

त्यसको एक दिन अघि, उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको युद्ध अभ्यासको विरोधमा क्षेप्यास्त्र परीक्षण सुरु गरेको थियो ।दक्षिण कोरियाली अधिकारीका अनुसार अब दुवै देशका नौसेनाले परिचालन क्षमता अभिवृद्धि गर्न अभ्यास गर्नेछन्।

Skip This
Skip This
Logo