सेनासँगको झडपमा फिलिपिन्समा तीन संदिग्ध विद्रोही मारिए

सेनासँगको झडपमा फिलिपिन्समा तीन संदिग्ध विद्रोही मारिए

केन्द्रबिन्दु
0
Shares

फिलिपिन्सको सशस्त्र सेनाले शनिबार दक्षिणी फिलिपिन्समा भएको झडपमा तीन संदिग्ध विद्रोही मारिएको जनाएको छ । अगुसान डेल नोर्टे प्रान्तको बुटुआन शहरको बाहिरी भागमा शुक्रबार न्यि पिपुल्स आर्मी (एनपिए) र सेनाबीच भीडन्त भएको थियो ।

एनपिए विद्रोही सन् १९६९ देखि सरकार विरुद्ध लड्दै आएका छन् । तिनीहरूले ग्रामीण क्षेत्रमा आफ्नो आक्रमण केन्द्रित गर्ने गरेका छन् । सैन्य तथ्याङ्कअनुसार एनपिएमा २,००० सदस्य छन् जुन सन् १९८० को दशकतिरभन्दा अहिले निकै कमजोर भएको छ । -सिन्ह्वा

Skip This
Skip This
Logo