पाकिस्तानमा भारी वर्षाका कारण ७ जनाको मृत्यु

पाकिस्तानमा भारी वर्षाका कारण ७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानमा भारी वर्षाका कारण ७ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वा प्रान्तको तीन जिल्लामा भारी वर्षाका कारण कम्तीमा सात जनाको मृत्यु भएको हो। 

सो बाढीको चपेटामा परेर अन्य ७२ जना घाइते भएको पाकिस्तानी मिडियाले जनाएका छन्। बन्नुका कमिश्नर परवेज सबतखेलले डन अखबारलाई भने,‘बन्नु, लक्की मारवत र उत्तरी वजिरिस्तान जिल्लाहरूमा तीव्र हावाको साथ भारी वर्षा भएको छ।’

उनका अनुसार बन्नु जिल्लामा तीन जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् भने लक्की मारवत जिल्लामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।  उत्तरी वजिरिस्तान जिल्लामा एक जनाको मृत्यु भएको छ। क्षतिको विवरण लिन प्रभावित क्षेत्रमा टोली पठाइएको छ।

Logo