ग्रिस डुंगा दुर्घटनाः ३०० पाकिस्तानीको मृत्युपछि मानव तस्करमाथी अपरेशन, १२ पक्राउ

ग्रिस डुंगा दुर्घटनाः ३०० पाकिस्तानीको मृत्युपछि मानव तस्करमाथी अपरेशन, १२ पक्राउ

केन्द्रबिन्दु
0
Shares

ग्रीसमा डुङ्गा पल्टिँदा तीन सय पाकिस्तानीको मृत्यु भएपछि पाकिस्तान सरकारले मानव तस्करलाई पक्राउ गर्न थालेको छ। यस सम्बन्धमा एक सरकारी अधिकारीले ग्रीसमा डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश पाकिस्तानी रहेको र उनीहरु गैरकानुनी रुपमा युरोप जाने गरेको बताए।

यद्यपी ग्रीसबाट मृत्यु भएकाहरुको यकिन संख्याको जानकारी भने पाउन सकेको छैन।उक्त दुर्घटनामा १२ जना पाकिस्तानी नागरिकले पौडी खेलेर ज्यान बचाएको अधिकारीले बताएका छन्। तर,अवैध रुपमा युरोप पठाउने १२ मानव तस्करलाई सरकारले पक्राउ गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भने ‘मानव बेचबिखन सहने छैन,यसमा संलग्न सबैलाई कडा कारबाही गरिने छ।’पाकिस्तानले ग्रीसमा भएको दुर्घटना र ज्यान गुमाउने व्यक्तिप्रति समवेदना प्रकट गर्दै एक दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ। 

गत शुक्रबारदेखि मानव तस्करविरुद्ध कारबाही भइरहेको एफआइए अधिकारीले बताए। प्रहरीले अहिलेसम्म १२ जना संदिग्धलाई पक्राउ गरेको छ। डिआइजी आलम शिनवारीले मानव बेचबिखनमा संलग्नलाई पक्राउ गर्न ठूलो अभियान चलिरहेको सञ्चारकर्मीलाई बताए।

‘पाकिस्तानमा मानिसलाई ठूला सपना देखाएर अन्य देशमा पठाउने काम भइरहेको थियो,’उनले भने,‘यी सबै ठगी गर्नेलाई सरकारले कडा कारबाही गरिरहेको छ।’ दुर्घटनामा परेको डुंगामा पीओके (पाकिस्तान प्रशासित कश्मीर) को खुरैरट्टा र चर्होईका २१ जना पाकिस्तानी नागरिक थिए।

युरोपमा मानव बेचबिखनमा संलग्न चौधरी जुल्कारनैन, तलत कियानी र खालिद मिर्जाजस्ता उच्च प्रोफाइल नामहरूसहितका केही पाकिस्तानीहरू समावेश रहेको अनुसन्धान अधिकृतलाई बताएका छन्।

Skip This
Skip This
Logo