अमेरिकाले चीनलाई भन्याे- ‘आपसी चासोका विषयमा सोझै सम्वाद गरौँ’

अमेरिकाले चीनलाई भन्याे- ‘आपसी चासोका विषयमा सोझै सम्वाद गरौँ’

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै सम्वाद गर्न सुझाएको छ । चीन भ्रमणमा रहेका अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा त्यस्तो प्रस्ताव गरेकी हुन् ।  

“वासिङ्टन र बेइजिङले एकअर्काको विशेष आर्थिक अभ्यासबारे चासो भए सोझै सम्वाद गर्नुपर्छ । हालैको तनावका बाबजुद हामीले सन् २०२२ मा द्विपक्षीय व्यापारमा कीर्तिमान कायम गरेको तथ्यले पारस्परिक व्यापार र लगानीमा संलग्न हुने पर्याप्त स्थान रहेको स्पष्ट हुन्छ,” अमेरिकी अर्थमन्त्रीले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सहकार्यमा जोड दिँदै चिनियाँ उपप्रधानमन्त्रीलाई भनेकी छन् । 

चीनको चारदिने भ्रमणमा रहेकी अमेरिकी अर्थमन्त्रीले दुई देशबीचका तनावलाई मत्थर गर्ने वासिङ्टनको चाहना व्यक्त गर्दै आपसी साझेदरी बढाउने प्रयास गरेकी छन्। 

चिनियाँ उपप्रधानमन्त्रीले गत नोभेम्बरमा राष्ट्रपति जो बाइडेन र सी चिनपिङबीच भएको भेटवार्तापछि चीन–अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासलाई वासिङ्टनले बेवास्ता गरेको र दुई राष्ट्रप्रमुखबीच भएको सहमति कार्यान्वयनमा केही समस्या खडा भएकामा खेद प्रकट गरेका थिए । सामान्य विषयलाई दुई मुलुकबीचको सम्बन्धमा समस्या हुन नहुनेतर्फ चिनियाँ उपप्रधानमन्त्रीले अमेरिकाको ध्यान आकर्षित गरेका थिए । -एएफपी 

Logo