८ प्रहरीको हत्या आरोपित भारतीय ग्याङस्टार विकास दुबे मारिए

८ प्रहरीको हत्या आरोपित भारतीय ग्याङस्टार विकास दुबे मारिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
भारतका ग्याङस्टार विकास दुबे आज मारिएका छन् । प्रहरीले उनलाई लिएर कानपुर जाँदै गर्दा बिहान एसटीएफको गाडी दुर्घटनामा उनको मृत्यु भएको बताइएकाे छ ।

तर समाचारमा जनाइए अनुसार गाडी दुर्घटनापछि प्रहरीको पेस्तोल खोसेर भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा उनको मृत्यु भएको हो ।

उनी आठ जना पुलिसको हत्या गरी फरार रहेका थिए । भारतीय संचार माध्यमहरुले जनाए अनुसार प्रहरीले दुबेलाई ६ दिनदेखि खोजी गरिरहेको थियो । दुबेलाई प्रहरीले बिहीबार उज्जैनको महाकाल मन्दिरबाट गिरफ्तार गरेको थियो ।

Logo