नेपालका बारेमा अफवाह फैलाउने भारतिय टेलिभिजन च्यानलको नेपालमा प्रशारण बन्द

नेपालका बारेमा अफवाह फैलाउने भारतिय टेलिभिजन च्यानलको नेपालमा प्रशारण बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालका बारेमा अफवाह फैलाउने भारतिय टेलिभिजन च्यानलको प्रशारण नेपालमा बन्द गरिएको छ । नेपालका बारेमा भ्रामक समाचार प्रशारण गरिरहेका भारतीय न्युज च्यानलहरुको प्रशारण रोकिएको हो ।

नेपालका सबैजसो केबल तथा डिटिएच अपरेटरले ती भारतीय न्युज च्यानल प्रशारणमा रोक लगाएका हुन् । तर दूरदर्शनको प्रशारण भने बन्द गरिएको छैन ।

पछिल्लो समयमा नेपाल र भारतबीचको सीमा समस्या र नेपालले नयाँ नक्सा जारी गरेपछि भारतिय संचार माध्यमहरुले नेपालका बारेमा अतिरंजित तरिकाले भ्रमपूर्ण समाचारहरु प्रशारण गर्दै आएका थिए ।

विहिबार मन्त्रिपरिषदका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले यस प्रति सरकारको ध्यान आर्कषित भएको र कारबाही प्रकृया अघि बढाउने बताएका थिए । तर सरकारले यस्ता च्यानल बन्द गर्न भने निर्देशन दिएको थिएन । सर्वसाधारणको आग्रहमा ती च्यानल बन्द गरिएको हो ।

Skip This
Skip This
Logo