बेलायती व्यापारीको अपहरण, भारतीय मूलका तीनलाइ ४५ बर्षकाे जेल सजायँ

बेलायती व्यापारीको अपहरण, भारतीय मूलका तीनलाइ ४५ बर्षकाे जेल सजायँ

केन्द्रबिन्दु
0
Shares

इङ्गल्याण्डको वेस्ट मिडल्याण्ड क्षेत्रको वोल्भरह्याम्प्टन सिटी सेन्टरमा एक उद्योगपतिलाई अपहरण गरेको अभियोगमा भारतीय मूलका दुई दाजुभाइ र एक सहयोगीलाई ४५ वर्षको जेल सजायँ सुनाइएको छ। 

उक्त मुद्दामा बलजित बगराल (३३), उनका भाइ डेभिड बगराल (२८) र २२ वर्षीय शानुलाई दोषी ठहर गरिएको थियो। गत वर्ष नोभेम्बरमा काम सकेर कारतर्फ जाँदै गर्दा पीडितलाई तीनै जनाले अपहरण गरेका थिए।

बलजीत बगराल र उनका भाइ डेभिड बगरालले पीडितलाई भ्यानमा राखेर आँखामा पट्टी बाँधेर पसलमा लगेका थिए। उनीहरुले उनको टाउकोमा पेस्तोल हानेर ज्यान मार्ने धम्की दिए। गत महिना वोल्भरह्याम्प्टन क्राउन कोर्टले एक परीक्षण पछि तीनै जनालाई दोषी पाइएकाे थियाे र यस हप्ता भाइहरूलाई प्रत्येक १७ वर्षको सजाय सुनाइयो भने तिनीहरूको साथीलाई १४ वर्ष र चार महिनाको सजाय सुनाइएको थियो। 

वोल्भरह्याम्प्टन क्राउन कोर्टमा प्रमुख अपराध अनुसन्धान टोलीका डिटेक्टिभ कन्स्टेबल ड्यान डेभिडले भने कि पुरुषहरूले पीडितलाई घण्टौं भयानक यातना दिए र मार्ने धम्की दिएकाे खुलेकाे थियाे। डेभिडले  ठूलो रकम असुल्ने उद्देश्यले अपहरणको योजना बनाएकाले अब उनी सबैलाइ जेल सजाय भोग्नुपर्नेछ।
 
पीडितलाई घण्टौंसम्म बन्धक बनाएर करिब ३० लाख फिरौती लिएर रिहा गरिएको प्रहरीले जनाएको छ। त्यसपछि अपहरणकारीको चंगुलबाट छुटेपछि उद्योगीले प्रहरीलाई सहयोगको लागि बोलाएका थिए।

वेस्ट मिडल्याण्ड्स पुलिसले अपहरणकर्ताहरू पत्ता लगाउन मोबाइल फोन डाटा प्रयोग गरेका थिए। यसपछि बलजीतको फोनमा रोबर्स ग्याङ नामको समूह च्याट पनि ट्रेस भएको थियो। डेभिड बगराललाई अक्टोबर १८ मा ल्यान्सफिल्डको गान्ज रोडमा रहेको उनको घरबाट पक्राउ गरिएको थियो भने बलजीत साइप्रसबाट फर्किने क्रममा बर्मिंघम एयरपोर्टबाट पक्राउ परेका थिए।

Logo