काठमाडौं ।
कोरोना भाइरस संक्रमितको थुकको छिटा वा हाच्छ्यूँ गर्दा निस्कने छिटाबाट मात्र होइन अब हावाबाट पनि सर्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।
विश्व स्वास्थ्य संगठनलाई ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययन अनुसन्धानबाट कोरोना भाइरस हावाबाट पनि सर्छ भन्ने प्रमाणसहित पत्र दिएपछि विश्व स्वास्थ्य संगठनले प्रमाणको आधारमा स्वीकार गरेको हो ।
विश्व स्वास्थ्य संगठनका प्राविधिक प्रमुख डा. मारिया भान केरकोभले हावाबाट पनि कोरोना सर्ने सम्भावनाका विषयमा छलफल चलिरहेको बताए।
वैज्ञानिकहरूले भाइरसको स–सानो कण हावामा रहन्छ र त्यसबाट मानिसलाई संक्रमित बनाउने दाबीसहित विश्व स्वास्थ्य संगठनलाई पत्र लेखेको उनले उल्लेख गरे । वैज्ञानिकहरूले कोरोनाबारे विश्व स्वास्थ्य संगठनले आफ्ना गाइडलाइनहरू परिवर्तन गर्न सुझावसमेत दिएका थिए ।





























प्रतिक्रिया