कुरान जलाएको विरोधमा इराकस्थित स्वीडेनको दुतावासमा आगजनी

कुरान जलाएको विरोधमा इराकस्थित स्वीडेनको दुतावासमा आगजनी

केन्द्रबिन्दु
0
Shares

इराकको राजधानी बग्दादमा रहेको स्वीडेनको दूतावासमा हमलाको घटना बाहिर आएको छ। बिहीबार सयौं प्रदर्शनकारीले स्वीडेनको दूतावासमा आगजनी गरेका छन्।

घटनासँग परिचित एक प्रत्यक्षदर्शीले बताए अनुसार सयौं प्रदर्शनकारीहरूले बिहीबार बग्दादमा स्वीडेनको दूतावासमा अचानक आक्रमण गरे र त्यसको केही समयपछि आगजनी पनि गरेका थिए। तर, दूतावासका कुनै पनि कर्मचारीलाई क्षति नभएको स्रोतले जनाएको छ। तर, बगदादमा स्वीडेनको दूतावासका अधिकारीहरूले घटनाको प्रतिक्रिया दिएका छैनन्।

स्वीडेनमा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान जलाइए पछि आक्रोशित भीडले दुतावासमा आगजानी गरेका हुन्। केही हप्ताको सो घटनापछि मुस्लिम समुदायले स्विडेनविरुद्ध निरन्तर आक्रोश पोख्दै आएका छन्। यसका कारण सिया धर्मगुरु मुक्तादा अल सद्रका समर्थकहरूले बगदादमा विरोध प्रदर्शनको आह्वान गरेका छन्।

आक्रमणको भिडियो एक लोकप्रिय टेलिग्राम च्यानलमा साझा गरिएको छ जसलाई मुक्तादा अल सद्रलाई समर्थन गरिएको छ। जसमा स्थानीय समय अनुसार बिहीबार बिहान करिब १ बजे सयौंको संख्यामा उपस्थित व्यक्तिले दूतावासमा आक्रमण गरेको देखिन्छ। 

त्यसपछि भीडमा उपस्थित केही व्यक्तिले दूतावासमा आगजनी गरेका थिए। सामाजिक सञ्जालमा आएको भिडियोमा दूतावास परिसरको एक भवनबाट धुवाँ उठेको देखिन्छ। 

Logo