महिला विश्वकप फुटबल उद्घाटन हुनु अघि न्युजिल्याण्डमा गोली हानाहान, तीनको मृत्यु

महिला विश्वकप फुटबल उद्घाटन हुनु अघि न्युजिल्याण्डमा गोली हानाहान, तीनको मृत्यु

केन्द्रबिन्दु
0
Shares

न्यूजिल्याण्डको अकल्याण्डमा गोली चलेको घटना सार्वजनिक भएको छ। न्यूजिल्याण्डको अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ।साे गाेलीकाण्डका अपराधीकाे पनि मृत्यु भएकाे छ। न्युजिल्यान्ड प्रहरीले बिहीबारमध्ये अकल्याण्डमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र कैयौं घाइते भएको बताएको छ।

प्रहरीले एक विज्ञप्तिमा अपराधीको पनि मृत्यु भइसकेको जनाएको छ। प्रहरीले साे घटनाले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको बताए। अकल्यान्डको इडेन पार्कमा महिला फुटबल विश्वकपको उद्घाटन खेल हुनुभन्दा केही घन्टा अघि सिटी सेन्टरको व्यस्त सडकमा गोली हानाहान भएको थियो।

यसैबीच न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्स्लेले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र प्रतियोगिता योजना अनुसार अघि बढ्ने बताए।निमित्त प्रहरी उपरीक्षक सन्नी पटेलले अपराधीले बन्दुक हल्लाउँदै खेल उद्घाटनस्थल नजिकै पुगेर गोली चलाएको बताए।

आरोपितको तर्फबाट थप गोली चलेको थियो, केही समयपछि उनी मृत फेला परेको उनले बताए। प्रहरीले आक्रमणकारी बाहेक दुई जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। धेरै मानिस घाइते भएको पनि जानकारी आएको उनले बताए।

प्रहरीले गोलीबारी लगत्तै क्षेत्रलाई घेराबन्दी गरेको र घटनास्थलमा हेलिकप्टर पठाइएको प्रहरीले जनाएको छ। अधिकारीले भने कि जुन कुरा प्रकाशमा आएको छ त्यो धेरै चिन्ताजनक छ र हामी जनतालाई घटना नियन्त्रणमा ल्याइएको आश्वासन दिन्छौं।

Logo