के हवाइजहाजको पनि हर्न हुन्छ ? कहिले र कुन अवस्थामा बज्छ ?

के हवाइजहाजको पनि हर्न हुन्छ ? कहिले र कुन अवस्थामा बज्छ ?

केन्द्रबिन्दु
0
Shares

सडकमा गुड्ने हरेक सवारीसाधनमा हर्न हुन्छ । कुनै पनि गाडीमा हर्न हुनु धेरै महत्त्वपूर्ण छ, किनकि हर्नको मद्दतले गाडी चलाउँदा मानिसहरूलाई सचेत गर्न सकिन्छ। गाडीको हर्न बज्ने वित्तिकै मानिसहरु सचेत भएर दुर्घटनाको शिकार हुनबाट जोगिन्छन् । यहाँहरुले रेलमा पनि हर्नको आवाज सुन्नु भएको होला। कुनै पनि रेलले प्लेटफर्ममा आउनुअघि हर्न बजाउँछ, ताकि यदि यात्रु प्लेटफर्मको नजिक छ भने, उसले त्यसबाट उचित दूरी बनाउन सकोस्। तर, के तपाईंले कहिल्यै हवाईजहाजमा हर्न बजेको सुन्नु भएको छ ? के तपाईलाई थाहा छ ? उडानमा पनि हर्नको प्रयोग हुन्छ । अब यहाँहरुले आकाशमा हर्नको उपयोग के हो भन्ने सोचिरहनुभएको होला । किन र कुन परिस्थितिका लागि उडानमा हर्न प्रयोग गरिन्छ, आउनुहोस्  विस्तृत रूपमा जानौँ ।

उडानमा हर्नको प्रयोग आकाशमा अन्य कुनै हवाईजहाजलाई तथा चराहरुलाई बाटोबाट हटाउन प्रयोग गरिदैन। किनभने एउटै रुटमा दुईवटा उडान आमनेसामने हुने सम्भावना छैन । वास्तवमा, उडानमा जडान गरिएको हर्न ग्राउन्ड इन्जिनियर र स्टाफसँग कुराकानी गर्न प्रयोग गरिन्छ। टेक अफ हुनुअघि उडानमा कुनै गल्ती भएमा वा आपतलीन अवस्था आएमा विमानभित्र बसेका पाइलट वा इन्जिनियरले उक्त हर्न बजाएर ग्राउन्ड इन्जिनियरलाई अलर्ट सन्देश पठाउँछन् ।

उडानमा हर्न कहाँ प्रयोग गरिन्छ ?
उडानको हर्न यसको ल्यान्डिङ गियरको डिब्बामा जडान गरिएको छ र यसको बटन विमानको ककपिटमा हुन्छ।  यो बटन माथि जीएनडी लेखिएको हुन्छ। यो बटन थिचेपछि उडानको अलर्ट सिस्टम सक्रिय हुन्छ र यसले साइरन जस्तो आवाज निकाल्छ। यसबाहेक हवाईजहाजमा स्वचालित हर्न पनि जडान गरिएको छ, जुन प्रणालीमा खराबी हुँदा वा आगो लाग्दा स्वचालित रूपमा बज्न थाल्छ। तर यी हर्नहरुको आवाज पनि फरक फरक हुन्छ । जुन विभिन्न प्रणालीमा भएको गल्ती अनुसार फरक–फरक आवाजमा बज्छन् । एयरक्राफ्ट इन्जिनियरहरूले  फरक आवाजबाट मात्र उडानको कुन भागमा गल्ती भएको पत्ता लगाउन सक्छन्।
 

Logo