एजेन्सी । अमेरिकामा बसोबास गर्ने विदेशी विद्यार्थीहरुलाई अमेरिकी सरकारले आ–आफ्नो मुलुक फर्काउने निर्णय गरेको छ । यस निर्णयका कारण १० लाख बढी विदेशी विद्यार्थीहरु प्रभावित हुने भएका छन । अमेरिकी विश्वविद्यालयहरुले पूर्णरुपमा अनलाइन कक्षा सञ्चालन गर्न थालेपछि विदेशी विद्यार्थीहरुलाई अमेरिकाले बस्न अनुमति नदिने भएको हो । अनलाइन कक्षा लिने विद्यार्थीले सो नियम पालना नगरे डिपार्ट गरिने अमेरिकाको आप्रवासन र भन्सार विभागले जनाएको छ । अमेरिकी सरकारले भनेको छ–‘विदेशी विद्यार्थी जो यहाँ अध्ययन गरि रहेका छन् र जसको कक्षा अनलाइनमा सारिएको छ, अब उनीहरु आ–आफ्नो देश फर्किनु पर्छ ।’
कोरोना भाइरस संक्रमणका कारण अमेरिकी अधिकांश विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । नयाँ नियमका कारण कम्तिमा १० लाख बढी विद्यार्थीहरु प्रभावित हुनेछन् । अध्ययनका लागि लाखौं विदेशी विद्यार्थीहरु अमेरिका जाने गरेका छन् । अमेरिकामा पहिलो स्थानमा चीनका विद्यार्थीहरु पढ्न जाने गरेका छन् । त्यस्तै दोस्रो स्थानमा भारतीय विद्यार्थीहरु रहेका छन् । भने तेस्रो स्थानमा दक्षिण कोरियाका विद्यार्थीहरु रहेका छन् । नेपालबाट पनि बाक्लै रुपमा अध्ययनका लागि विद्यार्थीहरुले अमेरिका जाने गरेका छन् । अमेरिका पढ्न जाने ती विद्यार्थी अमेरिकी विश्वविद्यालयका लागि आम्दानीको ठूलो स्रोत हुन । अनलाइन कक्षाको साटो कक्षा मै उपस्थित हुने कोर्षमा भर्ना लिएका विद्यार्थी बाहेकलाई अमेरिका सरकारले उनीहरुकै मुलुक फर्काउने निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार, ट्रम्प प्रशासनले कोरोना भाइरस महामारीको प्रभाव कम हुने, स्वास्थ्य सुविधाहरुमा पर्ने भार कम हुन साथै सरकारी पैसासमेत बचत हुने भएकाले यो निर्णय गरेको छ । यदि कुनै विदेशी विद्यार्थीले आदेशको अवहेलना गरी अमेरिका नछाडे ती विद्यार्थीहरुलाई कारबाहीको दायरामा ल्याई स्वदेश पठाउने भएका छन् । यी सबै विद्यार्थीहरु आफ्नो मुलुक फर्के पछाडि अमेरिका जान पाउँने या नपाउँने कुरामा भने अहिले नै निर्णय भएको छैन ।































प्रतिक्रिया