- तिलु शर्मा पौडेल
दोहा कतार ।
रोजगारीको लागि विश्वकै प्रमुख गन्तव्य मानिएको खाडी राष्ट्र कतारमा पछिल्ला दिनहरूमा कोरोनाबाट सङ्क्रमित हुनेको संङख्या भन्दा स्वास्थ्य लाभ गर्नेको सङ्ख्या उच्च देखिएको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा एक हजार ०५ जनाले स्वास्थ्य लाभ गरे सँगै कुल ९४ हजार ९०३ जना निको भएर घर फर्किएका छन् ।
जारी तथ्याङ्क अनुसार ४ हजार ८८६ जनामा गरिएको परीक्षणमा थप ६०० जनामा सङ्क्रमण फेला परेसँगै सङ्क्रमित कुल सङ्ख्या १ लाख ९४५ पुगेको छ । ६१ वर्षीय एक नागरिकको मृत्युसँगै मृतकको सङ्ख्या १३४ पुगेको छ भने ५ हजार ९०८ जनाको उपचार चलिरहेको छ ।
कुल ३ लाख ९० हजार ९९७ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये ७१४ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा तथा ६७ जनालाई अस्पतालमा भर्ना गरिएको छ । थप ७ सहित आइसियुमा उपचार चलिरहेका बिरामीको सङ्ख्या १५४ पुगेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नागरिकहरू रहेको बताइएको छ ।
४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा ५ जनाको कोरोनाको कारण ज्यान गएको छ । स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परीक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ ।





























प्रतिक्रिया