आङ साङ सूचीलाई ५ मुद्दामा माफी

आङ साङ सूचीलाई ५ मुद्दामा माफी

केन्द्रबिन्दु
0
Shares

म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि जेलमा परेकी नेतृ आङ साङ सूचीलाई माफी दिइएको छ ।म्यानमारकी नेतृ सूचीलाई १९ अपराधमध्ये ५ वटामा माफी दिइएको हो । उनलाई विभिन्न मुद्दामा दोषी ठहर गरी ३३ वर्षको जेल सजाय दिइएको छ ।

म्यानमारको सेनाले निर्वाचित नेतृ सूची र अन्य वरिष्ठ नेताहरूलाई पक्राउ गरी जेलमा राखेको थियो। ७८ वर्षीया सूचीलाई विभिन्न मुद्दामा ३३ वर्षको जेल सजाय सुनाइएको थियो ।

फेब्रुअरी १, २०२१ मा, सेनाले एक वर्षको लागि देशमा कूको कार्यान्वयन गरेको थियो। पछि यो आपतकाल लम्बियो र यो आपतकाल चौँथो पटक फेरि ६ महिना थपिएको छ ।

Logo