३६ वर्षदेखि गर्भवती पुरुषले शल्यक्रियापछि जन्माए जुम्ल्याहा छोरा

३६ वर्षदेखि गर्भवती पुरुषले शल्यक्रियापछि जन्माए जुम्ल्याहा छोरा

केन्द्रबिन्दु
0
Shares

संसारमा बच्चा जन्माउने तथा गर्भधारण गर्ने शक्ति महिलामा मात्र हुन्छ । पुरुष गर्भवती भएको र बच्चा जन्मेको सायदै तपाईहरुले सुन्नुभएको होला । भनिन्छ नारी नै यस ब्रह्माण्डका आमा हुन् । मानिसबाहेक पशुपक्षीमा पनि महिलाले मात्र बच्चा जन्माउने गर्छन् । 

तर भारतमा एकजना यस्ता व्यक्ति छन् जसले जुम्ल्याहा बच्चा जन्माएका छन् । यति मात्र होइन, यी व्यक्ति ३६ वर्षदेखि गर्भवती थिए । चिकित्सकहरुले जाँच गर्दा ती व्यक्तिको पेटमा जुम्ल्याहा बच्चा भेटिँदा उनीहरु तीन छक परेका थिए । मिडिया रिपोर्टका अनुसार नागपुर निवासी सञ्जु भगतको जिन्दगीमा यो अनौठो र अचम्मको घटना घटेको हो । सञ्जुलाई बाल्यकालमा कुनै प्रकारको समस्या थिएन तर समयसँगै परिवर्तन भएपछि उनको पेट गर्भवती महिलाको जस्तै बढ्न थाल्यो ।

सञ्जु भगत एकदमै फरक व्यक्ति हुन् । उनी जन्मिँदा पूर्णरुपमा स्वस्थ थिए । उमेर बढेसँगै उनको पेट गर्भवती महिलाको जस्तो देखिन थाल्यो । सन् १९९९ को जुन महिनामा उनको पेटमा अचानक दुखाइ भयो । यसका लागि उनी डाक्टरकहाँ गए । सुरुमा डाक्टरले यो ट्युमर हो भन्ने सोचेका थिए ।

तर हाल निकै वर्षपछि अनुसन्धानको प्रक्रिया अघि बढेपछि डाक्टरहरु पनि अचम्ममा परे । सञ्जुको पेटमा जुम्ल्याहा भाइ थिए, जसलाई डाक्टरले निकाले । यस विषयमा डाक्टरहरुले यो बिल्कुलै फरक कुरा भएको बताएका छन् । जुन यो पृथ्वीमा ५ मिलियन मानिसमध्ये एकमा हुन्छ।

यस घटनामा चिकित्सकहरूले सञ्जु आफै आमाको गर्भमा हुँदा यी बच्चाहरू उनको पेटमा आएको हुनसक्ने सम्भावना व्यक्त गरेका छन् । चिकित्सकहरूले यो केसलाई भ्यानिसिङ ट्विन सिन्ड्रोम भनेका छन् । अर्थात्, यी जुम्ल्याहा बच्चाहरू गर्भावस्थाकै क्रममा मरेको र नष्ट नभएको बताएका छन् ।  सामाजिक सञ्जालमा सञ्जु भगतको कथाले सबैलाई चकित पारेको छ ।

Logo