चीनको हेबेई प्रान्तमा बाढीले ठूलो क्षति पुर्याएकाे छ।
भारी बाढीका कारण हेबेई प्रान्तमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन्। चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
साथै,चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५.८११ अर्ब युआनको क्षति भएको अनुमान गरिएको छ। चीनले बाढीको क्षतिपछि पुनर्निर्माण गर्न करिब दुई वर्ष लाग्न सक्छ।
चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले बाढी पीडितका लागि १ अर्ब ४६ करोड युआन राहत दिने घोषणा गरेको छ। यो रकम बेइजिङ, तियानजिन, हेबेई, जिलिन र हेइलोङजियाङका बाढी प्रभावित जनतालाई वितरण गरिने छ। चीनको केन्द्रीय सरकारले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि कूल ७ अर्ब ७ करोड युआन निकासा गरेको छ।





























प्रतिक्रिया