बमले उडाउने धम्की पछि एफिल टावर खाली गराइयो

बमले उडाउने धम्की पछि एफिल टावर खाली गराइयो

केन्द्रबिन्दु
0
Shares

मध्य पेरिसमा रहेको एफिल टावरमा बम भएको खबर आएपछि खाली गराइएको छ।

यसको तीन तला खाली गरिएको थियो। यो संसारमा सबैभन्दा धेरै भ्रमण गरिएको पर्यटक स्थलहरू मध्ये एक हो। गत वर्ष यसले ६.२ मिलियन यात्रुलाई आकर्षित गरेको थियो।

मिडिया रिपोर्टका अनुसार एफिल टावरलाई बमको धम्की दिइएपछि सावधानीका रूपमा यसलाई खाली गरिएको हो । साथै शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ।

एफिल टावर सञ्चालित संस्था एसईटीईले बम डिस्पोजल विशेषज्ञ र प्रहरीले एउटा तल्लामा रहेको रेस्टुरेन्टलगायत क्षेत्रमा खोजी गरेको फ्रान्स २४ ले रिपोर्ट गरेको छ। एसईटीईकी एक महिला प्रवक्ताले यस्तो अवस्थामा यो सामान्य प्रक्रिया भएको बताइन्।

Logo