पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ।
यस पछि सो सहरका करिब १४,००० मानिसहरूलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो। मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो।
साथै घरमा रहेका सबै विद्युतीय उपकरण,पानी र ग्याँस बन्द गर्न लगाइएको थियो। निर्माण स्थलमा भेटिएको यो बमको तौल २५० केजी रहेको छ। लगत्तै बम डिस्पोजल टोलीले बम निकालेर निष्क्रिय पारेको थियो। खतराको चेतावनी सकिए पछि मानिसहरूलाई घर फर्कन अनुमति दिइयो।
पोल्याण्डमा यसअघि पनि दोस्रो विश्वयुद्धका बम धेरै पटक भेटिएका छन्। केही दिन अघि जर्मनीको डसेलडर्फ सहरमा ५०० किलोको बम बरामद भएको थियो। बम फेला परेपछि १३ हजार मानिसलाई अस्थायी रूपमा विद्यालयमा सारिएको थियो।
गत महिना पनि विद्यालयको जीर्णोद्धारका क्रममा केही तोपका गोला फेला परेका थिए। गत वर्ष पोल्याण्डको राजधानी वार्सामा ५०० किलोको बम फेला परेपछि ३० हजार मानिसले अस्थायी रूपमा आफ्नो घर छाड्नुपरेको थियो।





























प्रतिक्रिया