ट्रम्पलाई मार्न विषालु पत्र पठाउने महिलालाई २२ वर्षको जेल सजाय

ट्रम्पलाई मार्न विषालु पत्र पठाउने महिलालाई २२ वर्षको जेल सजाय

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको एक अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ। सो घटनामा दोषी पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छिन्। ट्रम्पलाइ मार्ने उदेश्यलेपत्र तयार पारेको र आफैले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन्।

बीबीसी रिपोर्टका अनुसार अभियुक्तको सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट देश निकाला गरिने छ र यदि उनी पुन फर्किएमा उनीमाथि आजीवन निगरानीको सामना गर्नुपर्नेछ। अदालतका न्यायाधीश फ्रेडरिकले फेरीयरलाई सजायँ सुनाउँदै भने,‘तपाईको कार्य तपाई र समाजको लागि हानिकारक छ।’

दोषी पास्केल फेरीरसँग फ्रान्स र क्यानडाको दोहोरो नागरिकता रहेको खुलेको छ। फेरीरले अदालतलाई भने कि योजना असफल भएकोमा उनी क्षमाप्रार्थी थिए। अदालतलाई लामो सम्बोधनमा उनले आफूलाई आतंकवादी नभई एक सामाजिक कार्यकर्ताको रूपमा हेरेको पनि बताइन्।

‘म मेरो लक्ष्यहरू प्राप्त गर्न शान्तिपूर्ण माध्यमहरू खोज्न चाहन्छु,’ फेरीरले भने। एफबीआईले ट्रम्पलाई राष्ट्रपतिको दौडबाट बाहिरिन आग्रह गरेको पत्रमा उनको औंठाछाप फेला पारेको थियो, जुन विषालु थियो। जिल्ला न्यायाधीश डब्नी फ्रेडरिकले फेरीरलाई २ सय ६२ महिनाको जेल सजाय सुनाए, जुन २२ वर्षभन्दा कम छ।

Skip This
Skip This
Logo