तिलु शर्मा पौडेल
दोहा कतार ।
मध्यपूर्व राष्ट्र कतारले कोरोना भाइरस नियन्त्रणमा दिनप्रतिदिन सफलता हात पारी रहेको छ । करिब एक लाख जना सङ्क्रमित हुँदा स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ९० प्रतिशत भन्दा बढी रहेको छ । कोरोनाका कारण लकडाउनमा रहेका कतारका पार्क, समुन्द्रीबीच, मल लगायतका सार्वजनिक स्थलहरू खुल्ला गरिएको छ। भौतिक दुरी तथा सीमित मात्रामा जम्मा हुन पाइने मापदण्डको पालना अनिवार्य कायम गरिएको छ ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ५३० थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ९९ हजार १८३ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार ८०४ जना निको भएर घर फर्किएसँगै अहिलेसम्म ९० हजार ३८७ जनाले स्वास्थ्य लाभ गरेका छन् । थप दुईसहित मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । ८ हजार ६ सय ७३ जनाको क्वारेन्टाइनमा तथा १० जनाको आइसियुमा राखी उपचार चलिरहेको छ ।
विश्वकै लागि वैदेशिक रोजगारीको मुख्य गन्तव्य रहेको कतारमा कूल तीन लाख ७६ हजार ८८१ व्यक्तिको सङ्क्रमण परीक्षण गरिएको छ ।





























प्रतिक्रिया