शिक्षकले बालकलाई थप्पड हान्न लगाएपछि आफन्तजन आन्दोलित

शिक्षकले बालकलाई थप्पड हान्न लगाएपछि आफन्तजन आन्दोलित

केन्द्रबिन्दु
0
Shares

एक प्राथमिक विद्यालयकी शिक्षिकाले गणित बिषय पढाउँदै गर्दा दुना (हिसाब गर्ने गणितीय विधि) नजानेपछि उनले ती बालकलाई उनका सहपाठीले पालैपालो थप्पड हान्न आदेश दिएपछि यस घटनालाई लिएर पीडितका आफन्तजन आन्दोलित बनेका छन् ।

थप्पड खाने विद्यार्थी मुस्लिम समुदायका रहेको प्रहरीले पुष्टि गरेको छ ।  

भारतीय अधिकारीहरूले पिडितको आफन्तजन आन्दोलित भएपछि कारबाही गर्ने प्रतिबद्धता शनिबार जनाएका छन् । भारतमा पछिल्लो समय मुस्लिम समुदायविरुद्ध घृणाजन्य अपराध र हिंसाका घटना बढेको अधिकारवादी समूहहरूले बताएका छन् ।

बिहीबारको घटनाको फुटेजमा उत्तर प्रदेश राज्यको एक निजी विद्यालयका शिक्षकले विद्यार्थीहरूलाई सात वर्षीय बालकलाई हिर्काउन निर्देशन दिएको देखिन्छ । ती शिक्षकले केटाकेटीहरूलाई भनेको र पिटाइ खाने केटा रोइरहेको फुटेजमा सुन्न सकिन्छ, “तिमी उसलाई किन यति हल्का हानेको हो ? उसलाई जोडले हिर्काऊ ।” ती शिक्षकले केटाकेटीहरूलाई भनेको र पिटाइ खाने केटा रोइरहेको फुटेजमा सुन्न सकिन्छ ।

“अब उसलाई कमरमा हान । उसको अनुहार रातो हुँदै गएको छ, कम्मरमा हिर्काऊ,” प्रहरीले घटनासँग सम्बन्धित भनी पुष्टि गरेको भिडियो फुटेजमा सुन्न र देख्न सकिन्छ । प्रहरी उपरीक्षक सत्यनारायण प्रजापतले उक्त फुटेजको पुष्टि भइसकेको बताए ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, “शिक्षकलाई विभागीय कारबाहीका लागि प्रहरीद्वारा सिफारिस गरिनेछ ।” 

“पीडितबालिकाका बुबाले घटना भएको मुजफ्फरनगर जिल्लामा प्रहरीमा मुद्दा दर्ता गराएका र यस सम्बन्धमा थप छानविन भइरहेको छ,” स्थानीय प्रशासकले सञ्चारकर्मीसँग भनेका छन् । 

विपक्षी नेता राहुल गान्धीले हिन्दू बहुल देशमा धार्मिक असहिष्णुतालाई बढावा दिएको आरोप सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विरूद्ध लगाएका छन् । 

“विद्यालयजस्तो पवित्र ठाउँलाई घृणाको बजारमा परिणत गर्दै निर्दोष बालबालिकाको मनमा भेदभावको विष छर्नु गलत हो,” उहाँले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेका छन् । 

उनले भने, “एउटा शिक्षकले देशको लागि योभन्दा नराम्रो केही गर्न सक्दैन ।” -एएफपी

Skip This
Skip This
Logo