अमेरिकामा नश्लीय आक्रमण, तीन जनाको मृत्यु

अमेरिकामा नश्लीय आक्रमण, तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको फ्लोरिडास्थित एक जनरल स्टोरमा शनिबार गोली प्रहारमा तीन जनाको मृत्यु भएको छ। जसलाई जातीय आक्रमण भनिएको छ। गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। 

आक्रमणकारीले अश्वेत मानिसहरूलाई घृणा गर्ने भएकाले हत्या जातीय आक्रमण भएको आशंका गरिएको जनाइएको छ। मिडियासँग कुरा गर्दै प्रहरी अधिकारीले आक्रमणपछि गोरा आक्रमणकारीले आफूलाई गोली हानेको बताए।

प्रारम्भिक अनुसन्धानमा फेला परेका प्रमाणहरूले आक्रमणकारी घृणाको विचारधाराबाट प्रभावित भएको देखाएको छ, जुन यस आक्रमणको मुख्य कारण हो। 

यद्यपि ज्याक्सनभिलमा भएको आक्रमणमा कति जना घाइते भएका छन् ? भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन। जातीय तथा नश्लिय हिंसा भएपछि उनीहरुको नाम सार्वजनिक गरिएको छैन।  

Skip This
Skip This
Logo