एजेन्सी । इटालीयन प्रहरीले बुधबार करिब १.१२ विलियन डलर बराबरको एम्फटमीन ड्रग्स (लागू औषध) बरामद गरेको छ । प्रहरीका अनुसार यो विश्वकै सबैभन्दा ठूलो लागू औषध बरामद भएको जनाइएको छ । सो लागू औषध सिरियामा इस्लामिक स्टेट आतंकवादीहरुले बनाएका हुन् ।
इटालीको अनुसन्धान एजेन्सी गार्डिया डि फिञ्जाका अनुसार, प्रहरीले इटालीको सालेर्नो शहरमा तीन ढुवानी कन्टेनरहरुबाट उक्त लागू औषध बरामद गरेको थियो । कन्टेनरमा करौंडोको संख्यामा बुलेटहरु पनि रहेको अनुसन्धान एजेन्सीले जनाएको छ । यसको कूल वजन १५ टन भन्दा बढी रहको प्रहरीको भनाइ छ ।
अनुसन्धान एजेन्सीका अनुसार, लागू औषध एकदम चलाखीपूर्वक लुकाइएको थियो । लागू औषध ओसारपसार चलिरहेको प्रहरीलाई जानकारी आएपछि यसकै आधारमा प्रहरीले लागूपदार्थ ल्याइएको स्थान पत्ता लगाएको थियो । आईएसले आफ्नो आतंकवादी गतिविधिहरु गर्नका लागि आवश्यक रकम जुटाउन एम्फटमीन ड्रग्स बनाउने गर्छ । त्यसपछि यसले विभिन्न देशहरुमा आफ्ना सहयोगीहरुमार्फत पठाउँदछ । प्रहरीकाअनुसार, लागू औषध यूरोपभरि रहेका अन्य अपराधिक समूहहरुमार्फत पठाइएको थियो ।
त्यस्तै कोरोना भाइरस महामारीको कारण यूरोपमा लागूऔषधको उत्पादन र वितरण बन्द भएको छ । जसका कारणले अपराधिक समुहहरु सिरिया फर्केका छन् । अधिकारीहरुकाअनुसार, लागूऔषधको अर्को कन्टेनर अझै बाटोमा रहेको जनाएको छ ।





























प्रतिक्रिया