ब्राजिलमा चक्रावतका कारण अहिलेसम्म २१ काे मृत्यु, सयाैं घाइते

ब्राजिलमा चक्रावतका कारण अहिलेसम्म २१ काे मृत्यु, सयाैं घाइते

केन्द्रबिन्दु
0
Shares

ब्राजिलमा चक्रवातका कारण आएको भीषण वर्षा र हावाले हंगामा मच्चाएको छ। 

दक्षिणी ब्राजिलमा यस प्राकृतिक प्रकोपका कारण हालसम्म कम्तीमा २१ जनाको ज्यान गएको छ, सयाैंजना साे चक्रावतमा परी घाइते भएका छन्। यससँगै अविरल वर्षाले बाढीको तीव्रतालाई थप बढाएपछि प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा समेत कठिनाइ भएको छ।

ब्राजिलका गभर्नर रियो ग्रान्डे डो सुलले यसलाई आफ्नो राज्यको सबैभन्दा खतरनाक मौसमी प्रकोप भनेका छन्। अधिकारीहरुका अनुसार धेरै क्षेत्रमा हजारौं मानिसहरु आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्। 

आलम भनिने ५ हजार जनसङ्ख्या भएको मुकुम नामको सानो सहरमा अधिकांश मानिस घरको छतमा थुनिएका हुन्।तीमध्ये अधिकांशलाई हवाई सहायताबाट बाहिर निकालिएको छ। यस सहरको ८५ प्रतिशत क्षेत्र बाढीको पानीमा डुबेको बताइएको छ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले संघीय सरकार राज्यलाई सहयोग गर्न तयार रहेको बताएका छन्।  रियो ग्रान्डे डो सुलका गभर्नर एडुआर्डो लेइटले पत्रकार सम्मेलनमा भने कि राज्यमा विगत २४ घण्टामा ३०० मिलिमिटर -११ इन्च वर्षा भएको छ। जसका कारण धेरै ठाउँमा बाढी र पहिरो गएको छ। उद्धारकर्मीहरूले मानिसहरूलाई बाहिर निकाल्न हेलिकप्टर प्रयोग गर्नुपरेको छ।

Skip This
Skip This
Logo