सुक्न थाल्यो विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका ‘नेभिगेबल ताल’

सुक्न थाल्यो विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका ‘नेभिगेबल ताल’

केन्द्रबिन्दु
0
Shares

दक्षिण अमेरिकी मुलुक पेरु र बोलिभियाको सीमानामा पर्ने विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका (नेभिगेबल ताल) द्रुतगतिमा सुक्दै गएको छ । अकल्पनीय चिसोतातो लहरका कारण तालको पानी कम हुँदै गएको हो । 

तालको पानीमा देखिएको आचर्यजनक गिरावटले जीविकोपार्जनका लागि यस तालमा निर्भर स्थानीयहरू समस्यामा परेका छन् । पर्यटन पेसामा संलग्न, माछा मार्नेहरू र कृषि क्षेत्रमा संलग्नहरूको जीवनशैलीमा नकारात्मक असर पर्दै गएको छ ।

यहाँ बस्दै आएका ६३ वर्षीय नाजारियो चार्काले भने, ‘अहिलेदेखि आगामी डिसेम्बरसम्म हामीले के गर्ने हो थाहा छैन किनभने यो अवधिमा यहाँ पानी कम हुँदै जानेछ ।’ लामो समयदेखि दक्षिण अमेरिकाको सबैभन्दा ठूलो तालको निलो पानी र खुला आकाशमा आगन्तुकहरू आकर्षित भएका छन्, जुन तीन हजार २०० वर्गमाइलभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

कहिलेकाही यसलाई ‘अन्तरदेशीय समुद्र’ को रूपमा वर्णन गरिएको छ । यो आयमारा, क्वेचुआ र उरोस आदिवासी समुदायहरूको घर हो । त्यस्तै यो एन्डिज पर्वत श्रृङ्खलाको लगभग तीन हजार ८०० मिटर (१२ हजार ५०० फिट) उचाइमा रहेको विश्वको सबैभन्दा उच्च नेभिगेबल ताल हो । उच्च भागमा रहेकाले यस तालमा सौर्य विकीरण पनि उच्च स्तरमा पर्छ । त्यसैले वाष्पीकरणलाई बढाउँछ र यसको अधिकांश पानीमा नोक्सानी गर्छ ।

Lake Titicaca: The world's highest navigable lake is drying out | CNN

यस तालको वरिपरी तीस लाखभन्दा बढी मानिसहरू बसोबास गर्छन् । यहाँको पानीमार्फत माछा पाल्न, खेतीपाती गर्न यहाँको पानी प्रयोग गर्ने र पर्यटकहरूलाई आकर्षित गर्दै आइएको छ । जसले सीमान्तकृत क्षेत्रको अर्थतन्त्रमा बढोत्तरी ल्याएको छ ।

यद्यपी, अब ताल त्यो जादू गुमाउने जोखिममा छ ।

तालको वरिपरि पर्यटकलाई ओसारपसार गर्न प्रयोग गरिने डुङ्गा पानी कम भएसँगै अलपत्र परेका छन् ।

प्रत्येक वर्ष पानीको सतहमा उतार–चढाव हुने थाहा भए पनि जलवायु सङ्कटका कारण यी परिवर्तनहरू चरम भएका छन् । सीएनएनका मौसमविद् टेलर वार्डका अनुसार, खडेरीले ल्याएको पानीको कमीलाई अझै बिगार्दै लगेको छ ।

Channels normally used by boats are no longer navigable.

पेरुको राष्ट्रिय मौसम विज्ञान र जलविज्ञान सेवा (सेनाम्ही) को पुनोका निर्देशक सिक्स्टो फ्लोरेसले सीएनएनलाई भने, ‘वर्षातको समयमा जुन समय त्यहाँ पानीको सतहमा सुधार आउँछ, सोही समय अगस्ट २०२२ देखि मार्च २०२३ सम्म औसतभन्दा ४९ प्रतिशत कम वर्षा भएको थियो ।’ फ्लोरेसका अनुसार सामान्यतया तालको वाष्पीकरण अर्को केही महिना कायमै रहने देखिन्छ यदी यसो भयो भने डिसेम्बरसम्म पानीको स्तर १९९६ पछिको सबैभन्दा कम रेकर्डतर्फ जान्छ । उनले यसलाई साह्रै गम्भीर भनेर विश्लेषण गरे ।

सामान्यतया तालको वाष्पीकरण अर्को केही महिना कायमै रहने देखिन्छ यदी यसो भयो भने डिसेम्बरसम्म पानीको स्तर १९९६ पछिको सबैभन्दा कम रेकर्डतर्फ जान्छ ।

‘यो हालैका वर्षहरूमा तालमा पानीको सतह क्रमिकरुपमा गिरावट हुँदै गएको छ,’ फ्लोरेसले भने, ‘हालै सन् १९९२–२०२० का उपग्रहबाट लिएका तस्बिरको अध्ययनले देखाएको छ कि टिटिकाका ताल प्रतिवर्ष लगभग १२० मिलियन मेट्रिक टन पानी गुमाउँदैछ ।’ यो तथ्यहरूले मुख्यतया वर्षामा परिवर्तन हुँदै छ र परपर जाँदैछ । पानीको सतह कम भएसँगै माछा मारेर जीवन निर्वाह गर्दै आएका समुदायको समस्या बढ्दै गएको छ । प्रदूषण र अत्यधिक माछा मार्ने कारणले माछाको भण्डार घट्दै गएको छ । यहाँको खेतीपाती पनि खडेरीले प्रभावित भएको छ । मौसमी बालीहरू नराम्ररी प्रभावित भएको त्यहाँका क्षेत्रीय अधिकारीहरूले रिपोर्टमा उल्लेख गरेका छन् । धेरै जसो क्विनोआ र आलु बालीहरूमा असर परेको छ भने  गाईवस्तुलाई खुवाउन दाना तयारी गर्ने बाली पनि प्रभावित भएको छ ।

तालको वरिपरि पर्यटकलाई ओसारपसार गर्न प्रयोग गरिने डुङ्गा पानी कम भएसँगै अलपत्र परेका छन् । त्यसले पर्यटकीय अर्थतन्त्रमा समेत असर परेको छ । ट्वाक्वीली टापुका आगन्तुकहरूलाई स्थानीय कपडाहरू बेच्ने ३६ वर्षीय जुलियन हुआटामार्काले भने, ‘हामी सबैभन्दा धेरै चिन्तित छौं किनभने अहिले पानीको सतह धेरै घटिरहेको छ ।’ 

The world's highest navigable lake is drying out

उनले थपे, ‘हामी चाहन्छौं विशेषगरी विदेशी पर्यटकहरू पनि ताल हेर्न फर्किउन ।’

टिटिकाका तालको सम्पूर्ण पुनो क्षेत्र लामो समयदेखि देशको एक अविकसित र सीमान्तकृत क्षेत्रको रूपमा चिनिन्छ । हालसालै अर्थतन्त्र कोभिड–१९ को महामारी र सामाजिक अशान्तिका कारण प्रभावित भएको छ । दशकौंको असमानता, भ्रष्टाचारको आरोप र स्थिर जीवनस्तरका कारण विकसित भएको आक्रोशका बीचमा निर्वाचित राष्ट्रपति डिना बोलुआर्टेको राजीनामाको माग गर्दै भएको प्रदर्शनको केन्द्रबिन्दु बनेको थियो ।

हुआटामार्काले भने, ‘सीएनएलाई आगन्तुकहरूले विरोधको समयमा यस क्षेत्रको भ्रमण गरेनन् । उनीहरू त्यहाँ अलि डराए ।’ उनका अनुसार हालैका वर्षहरूमा विशेषगरी कोभिड महामारीका समयमा धेरै मानिसले त्यो क्षेत्र जान छोडेको बताएका छन्, किनकी त्यहाँ आगन्तुकका लागि आधारभूत आवश्यकताका सामग्री खरिद गर्न पर्याप्त पैसा थिएन । 

दशकौंको असमानता, भ्रष्टाचारको आरोप र स्थिर जीवनस्तरका कारण विकसित भएको आक्रोशका बीचमा निर्वाचित राष्ट्रपति डिना बोलुआर्टेको राजीनामाको माग गर्दै भएको प्रदर्शनको केन्द्रबिन्दु बनेको थियो ।

हालैको इतिहासले के सुझाव दिएको छ भने जारी खडेरीले धेरै मानिसहरूले आफ्नो घर छोड्ने छन् । सन् १९९१ को खडेरीका समयमा खाद्यान्नको अभाव भई यहाँको अर्थतन्त्र ध्वस्त हुँदा प्रवासका छालहरू निम्त्याएको थियो ।

अरु जस्तै चारकाहरूको जीवनमा पनि खडेरीले बाधा पुर्‍याइरहेको छ । चारका उरोस आदिवासी समूहको हिस्सा हो, जो तालमा तैरने सुकेको टोटोरा नर्कटहरूबाट बनेको टापुहरूमा बस्छन् । शताब्दीयौंदेखि, उरोसहरूले नर्कटहरूलाई टापुहरूमा बुनेका छन्, साथै तिनीहरूलाई भवनहरू र डुङ्गाहरू बनाउन प्रयोग गर्छन्, तर चारका चिन्तित छन् किनकी पानीको स्तर कम हुनुको मतलब नर्कटहरू कम उपलब्ध हुन्छन् । ‘यसले हामीलाई असर गरिरहनेछ, त्यहाँ कुनै टोटोरा हुने छैन, टापुहरू बिग्रँदै छन्, यसले हामीलाई चिन्ता गर्छ’, चारकाले सीएनएनलाई भने, ‘भविष्यतिर हेर्दा यसबाट मुक्ति पाउन गाह्रो छ ।’

Water levels are predicted to keep falling for the rest of the year.

इल निनो, उष्ण प्रशान्त महासागरमा हाल चलिरहेको सामान्यभन्दा तातो तापक्रमले परिचित प्राकृतिक घटनाले दक्षिण अमेरिकाको मौसममा ठूलो परिवर्तन ल्याउन सक्छ । सेनामहीसँग जलवायु विज्ञानका उपनिर्देशक ग्रिनिया एभालोसले तातो तापक्रम कम्तिमा फेब्रवरी २०२४ सम्म जारी रहने अनुमान गरिएको छ । उनले भने, “यी अवस्थाहरूले एन्डियन क्षेत्रमा कम स्तरको वर्षा हुनेछ भन्ने तथ्यलाई योगदान गर्नेछ ।’

इन्टरनेशनल क्राइसिस ग्रुपका विश्लेषक कन्नर बेकरले यस स्थितिले तालमा भर परेकाहरूलाई जोगाउन दीर्घकालीन कार्यको आवश्यकता रहेको बताए । उनले सीएनएनसँग भने, ‘तालको उतार चढाव जलवायु परिवर्तन र प्राकृतिक दोलनहरूसँग जोडिएको छ, जलवायु परिवर्तनको बढ्दो प्रभावले दिगो व्यवस्थापन रणनीतिहरूको आवश्यकता बढाउँछ ।’ 

उनका अनुसार जिविकोपार्जनका लागि तालमा निर्भर स्थानीय समुदायहरू कमजोर अवस्थामा छन् । ‘पानीको स्तरमा थप तीव्र उतार–चढावले उत्पन्न हुने चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक छ,’ उनले भने । 

-ज्याक गाय र क्लाउडिया रेबाजा/सीएनएन

Skip This
Skip This
Logo